Dhulikhel Eco Banner new

सशस्त्र प्रहरीले गर्यो ६८ प्राविधिकको माग, क-कसले आवेदन दिन पाउने ?

4.3K
shares

काठमाडौं, १३ साउन । सशस्त्र प्रहरी बलले ठुलो संख्यामा प्राविधिकहरुको माग गरेको छ । प्रहरी बलले एकैचोटी ६८ जना प्राविधिकहरुको माग गरेको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवस्रोत विभागले शुक्रबार सुचना निकालेर २२ जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र ४६ जना प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) का लागि आवेदन मागेको हो ।

२५ जना चिकित्सका लागि खुलाइएको विज्ञापनमा मध्ये ११ जना खुला, २ जना महिला, १ जना अमर÷ अशक्त सशस्त्र प्रहरीका सन्तती,४ जना आदिवासी जनजाती, ३ जना मधेसी, १ जना दलितका लागि कोटा छुट्याइएको छ ।

४६ जना स्टाफ नर्सका लागि खुलाइएको विज्ञापनमा २५ जना खुला, १ जना अमर÷अशक्त सशस्त्र प्रहरीका सन्तती, ४ जना महिला, ७ जना आदिवासी÷जनजाति, ५ जना मधेसी, ३ जना दलित, १ जना पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ ।

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक)का लागि २१ वर्ष पूरा भई ३० बर्ष ननाघेको हुनुपर्नेछ। मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एमबिबिएस उत्तीर्ण वा सो सरह उपाधी प्राप्त गरि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने बताइएको छ ।

प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित बिषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उपाधी प्राप्त गरि नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।