Dhulikhel Eco Banner new

मिरमिरे लघुवित्तले कमायो २० करोड बढी नाफा

6.96K
shares

काठमाडौं, १२ साउन । मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा २० करोडभन्दा बढी नाफा कमाएको छ । लघुवित्तले एक आर्थिक वर्षमा २० करोड ८१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८.०१ प्रतिशतले बढी हो ।

संस्थाको अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १९ करोड २७ लाख रुपैयाँ रहेको थियो । संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिकको अपरिष्कृत विवरण सार्वजनिक गरेको हो । यो अवधिमा कम्पनीको ऋण २५.४० प्रतिशतले बढेर ५ अर्ब ६७ करोड पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ७४ करोड रहेको थियो ।

कम्पनीको निक्षेप ३९.३९ प्रतिशतले घटेर २ अर्ब ७४ बरोड पुगेको छ । यो त्रैमासमा कम्पनीको कर्जा प्रवाह ३३.१२ प्रतिशतले बढेर ८ अर्ब ८३ करोड पुगेको छ । लघुवित्तको खुद ब्याज आम्दानी (मूल राजस्व) २१.४५ प्रतिशतले बढेर ५४ करोड ३७ लाख पुगेको छ । यस्तो आम्दानी अघिल्लो वर्ष ४४ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।