Dhulikhel Eco Banner new

सप्तकोशी डेभलपमेन्ट बैंकले कमायो १ करोड ६६ लाख नाफा

5.43K
shares

काठमाडौं, १७ साउन । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको चौथो त्रैमाससम्म १० करोड ५५ लाख नोक्सानीमा रहेको कम्पनीले गत आवको सोही अवधिमा १ करोड ६६ लाख नाफामा गएको छ । कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ५ दशलमव ५२ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो आवमा रू. २१ करोड ६२ लाख खुद ब्याज आम्दानी भएको कम्पनीको गत आवमा बढेर२२ करोड ८२ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी .८३ करोड ४३ लाख रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा ९ करोड २६ लाख सञ्चित गरेको छ ।

सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा ७ करोड १० लाख ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ (वार्षिक), मूल्य आम्दानी अनुपात ११८ दशमलव ४८ गुणा, प्रतिशेयर नेटवर्थ रू.११८ दशमलव ४८ र तरलता अनुपात २४ दशमलव ४१ प्रतिशत रहेको छ ।
काठमाडौं, १७ साउन । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको चौथो त्रैमाससम्म १० करोड ५५ लाख नोक्सानीमा रहेको कम्पनीले गत आवको सोही अवधिमा १ करोड ६६ लाख नाफामा गएको छ । कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ५ दशलमव ५२ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो आवमा २१ करोड ६२ लाख खुद ब्याज आम्दानी भएको कम्पनीको गत आवमा बढेर. २२ करोड ८२ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी ८३ करोड ४३ लाख रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा ९ करोड २६ लाख सञ्चित गरेको छ ।