Dhulikhel Eco Banner new

प्रुडेक्सियल क्यापिटलको संस्थापक शेयर लिलामीमा

6.19K
shares

काठमाडौं, १९ साउन । प्रुडेक्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएका छ । प्रुडेक्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले २ लाख १ हजार ८२० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो।

उक्त संस्थापक शेयरमा कम्पनीका विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले साउन २५ गतेसम्म एन आई सी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

इच्छुक आवेदकले १०० अंकित दरको न्युनतम ३५० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले योभन्दा अगाडी नै विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयर बिक्रीमा ल्याइसकेका छन् ।