लुम्बिनी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने
वि.सं.२०७९ साउन १९ बिहीवार १९:३२
5.08K
shares
shares

काठमाडौं, १९ साउन । लुम्बिनी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि नियामक निकाय धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको हो ।
यसको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले कुल १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नका लागि सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजरमा ऋणपत्र निष्कासन गर्नेछ















