Dhulikhel Eco Banner new

भन्सार छलेर ल्याएका मोबाइलसहित एकजना पक्राउ

5.11K
shares

काठमाडौं, २० साउन । भन्सार छली गरी ल्याइएको मोबाइल सेटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले भारत पञ्जाब घर भई गौसला बस्दै आएका ३५ वर्षीय संदीप अहुजालाई पक्राउ गरेको हो।

अहुजाले आइफोन, सामसुङ, ओपोलगायत १२ थान मोबाइलसहित पक्राउ परेका थिए। उनलाई गौशालाको होटल कल्चर इनबाट पक्राउ गरिएको थियो।

प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार प्रहरीले ल्याएको आइफोन एक्सआर, भिभो र इन्फिनिक्स एक(एक थान, सामसुङ मोबाइल दुई थान र ओप्पो ७ थान बरामद गरेको छ।