Dhulikhel Eco Banner new

शनिबार बिहान ५.३ रेक्टरको भुकम्पको धक्का

7.22K
shares

काठमाडौं, २१ साउन । शनिबार विहान काठमाडौं, नुवाकोट सहितका जिल्लाहरूलाई भुकम्पले हल्लाएको छ । शक्तिशाली भुकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोट गढी रहेको छ ।

राष्ट्रिय भुकम्प मापनकेन्द्रका अनुसार विहान ५ :२६ बजे ५.३ रेक्टर स्केलको भुकम्पको धक्का महशुस भएको हो ।

भुकम्पको केन्द्रदिन्दु काठमाडौं नजिकै रहेकाले काठमाडौंलाई पनि मज्जाले हल्लाएको छ । भुकम्पको ठुलो धक्का भएपनि क्षति भएको विवरण भने कहीँबाट अहिलेसम्म नआएको मापन केन्द्रले बताएको छ ।