Dhulikhel Eco Banner new

साउन ३१ गतेदेखि पिपुल्स पावरले आईपीओ निष्कासन गर्ने

6.98K
shares

काठमाडौं, २२ साउन । साउन ३१ गतेदेखि पिपुल्स पावर लिमिटेडले साधारण शेयर आईपीओ निष्कासन गर्ने भएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा भदौ ५ गतेसम्म आवेदन दिन सक्नेछन् । माग बमोजिम आवेदन नपरेमा भदौ १४ गतेसम्म थप हुनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्कासन गर्न लागेको हो । ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि , १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरिएको छ भने बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि सर्वसाधारणले बाँकी आवेदन दिन सक्नेछन् ।