Dhulikhel Eco Banner new

छोरीको जन्मदिनमा आमाले दिइन् बीमा उपहार

8.15K
shares

काठमाडौं, २२ साउन । छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनी देवी चौधरीले जीवन बीमा गराएकी छन् ।
जिल्लाको गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखामा दश लाखको गुराँस जीवन सावधिक तथा आजीवन बीमा गराएकी हुन् ।

फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बीमा गराएको भौनी चौधरीले बताइन् ।उनले फजुल खर्च गर्नुभन्दा पनि जीवनको सुरक्षा तथा बचतको लागि सबैलाई जीवन बिमा गर्न आग्रह गरिन् ।

गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखाका प्रमुख गजेन्द्र बहादुर भण्डारीले जन्मदिनको शुभकामना दिँदै आउने दिनहरूमा पनि यसरी बचत हुँदै जाने बताए।