Dhulikhel Eco Banner new

९१ हजारले मात्र पाउने आईपीओमा २० लाखको आवेदन

5.28K
shares

काठमाडौं, २३ साउन । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको शेयरमा २० लाख ४३ हजार २० जनाले आवेदन दिएका छन् ।

२ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको  छ । यो करिब २४ गुणा बढी  हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०० बजेसम्ममा २० लाख ४३ हजार २० जना आवेदकबाट आवेदन परेको हो ।

लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ९१ हजार ३७५ जनाले मात्रै शेयर पाउने छन् ।

हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।