सयपत्री हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने
वि.सं.२०७९ साउन २३ सोमवार १३:११
shares

काठमाडौं, २३ साउन । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ। हाइड्रोपावरको आईपीओ मंगलबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ।
हाइड्रोपावरको आईपीओमा १५ लाख २३ हजार ७०३ आवेदनबाट एक अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयरको लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई छुट्टाएको ६ लाख ७० हजार ५८६ कित्ताको २५.७२ गुणा बढी हुन आउँछ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।
जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ७६ हजार ५८ जनाले मात्रै शेयर पाउनेछन् ।















