Dhulikhel Eco Banner new

शिवम् सिमेन्ट्सको कम्पनी सञ्चालकमा गौरव शारदा

4.28K
shares

काठमाडौं, २३ साउन । शिवम् सिमेन्ट्स लिमिटेड कम्पनीको सञ्चालकमा गौरव शारदा नियुक्त भएका छन् ।

उनलाई रिक्त रहेको सञ्चालक सदस्यको पदमा बाँकी कार्यकालका लागि मनोनयन र नियुक्ति गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

कम्पनीको सञ्चालक समितिको २०७९ साउन २२ गते आइतबारका दिन दिउँसो ४ बजे बसेको १०४ औं बैठकले शारदालाई बाँकी कार्यकालका लागी संचालक मनोनयन सम्बन्धमा निर्णय गरेको हो ।

नवनियुक्त सञ्चालक शारदा मोरङ्ग जिल्ला, विराटनगर महानगरपालिका वडा नं. २ का स्थायी बासिन्दा हुन् ।

आइतबारको बैठकले कम्पनीको सञ्चालक समितिका सञ्चालक सन्दिप कुमार शारदाको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । उनले आफ्नो व्यक्तिगत कार्य व्यस्तता समेतका कारण सञ्चालकको हैसियतले कार्य गरिरहन असमर्थता रहेको व्यहोरा उल्लेख गरि २०७९ असार २० गते राजीनामा पत्रद्धारा पेश गरेका थिए ।

आइतबारकाको १०४ औं सञ्चालक समितिको बैठकबाट उनको राजीनामा स्वीकृत गर्ने निर्णय पारित जानकारी कम्पनीले नेप्सेमार्फत गराएको छ ।।