Dhulikhel Eco Banner new

समृद्धि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

5.03K
shares

काठमाडौं, २६ साउन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ ।

कम्पनीले साउन २६ गतेदेखि उक्त संस्थापक शेयर विक्रीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघरसंस्थाहरुले भदौ २ गते कार्यालय समयसम्म आवेदन पेश गर्न सक्नेछन् ।

शेयर खरीदका लागि न्यूनम मूल्य प्रतिकित्ता रू। १ सय तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर संख्याका लागि आवेदन दिन सकिनेछ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।