Dhulikhel Eco Banner new

अम्लिसो : वनस्पती एक, फाइदा अनेक

34.44K
shares

काठमाडौं, ३० साउन । अम्लिसो (अम्रिसो) एक प्रकारको गैरकाष्ठ प्रजाजितको वनस्पती हो । यो बाह्रै महिना हरियो रहने र एक पटक लगाए पछि करिब १० देखि १५ वर्षसम्म उत्पादन दिन्ने वनस्पति हो ।

यसलाई घाँसका रुपमा प्रयोग गर्न सकिन्छ भने यसको फुललाई कुचोको रुपमा समेत प्रयोग गर्न सकिन्छ । साथै यसले भुक्षय जस्ता प्राकृति प्रकोपलाई रोक्नका लागि समेत मद्दत गरिरहेको हुन्छ । कुनै पनि उत्पादन नहुने खालि रहेका नांगा डाँडामा अम्लिसो रोपेमा हरियालि त हुन्छ नै यसबाट भुक्षयलाई समेत नियन्त्रण गर्नमा मद्दत पुर्‍याउने नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले बताए । ‘यो बहु उपयोगि वनस्पति हो यसबाट लामो समय फाइदा लिन सकिन्छ,’ उनले भने ।

अम्लिसोको जरा माटोमा राम्रोसँग फैलिएर जाने भएकाले यसले भुक्षय रोकेर भुसंरक्षण्मा मद्दत पुर्‍याउ छ भने बाह्रै महिना हरियो हुने भएकाले घाँसको सिजन सकिएको समयमा घाँसको रुपमा प्रयोग गर्न सकिन्छ । जसबाट दुहुना गाई, भैसीका लागि आवश्यक पर्ने घाँसको अभावलाई पनि यसले पूर्ती गर्ने गर्दछ ।

यो वनस्पति समुद्र सतहबाट १०० मिटरदेखि १९०० मिटरसम्मको उचाइ तथा वार्षिक रुपमा ५०० मिलिलिटरभन्दा बढी वर्ष हुने ठाउँहरुमा पाइन्छ । यो वनस्पति तुसारो पर्ने स्थानमा भने फस्टाउँदैन् । जुनसुकै किसिमको माटो भए पनि हुर्केन्छ तर यसको लागि तुसारो पर्नु भएन् । अन्य बालिहरु राम्रोसँग नसप्रिने क्षेत्रमा समेत अम्लिसो राम्रोसँग फस्टाउने भएकाले यसबाट राम्रो आम्दानी लिन सकिने सम्भावना रहन्छ ।

जुनसुकै माटोमा पनि हुर्किन सक्ने क्षमता राख्ने यो वनस्पतिका लागि पानी नजम्ने, हलुका, पाँगो एवं प्राङ्गारिक प्रदार्थ बढी भएको पेसिलो र चिस्यानयुक्त माटो बढी उपयुक्त हुन्छ । यो बनस्पतिबाट कुचो बनाएर, गाई वस्तुका लागि पोसिलो घाँस हुने भएकाले दुधको मात्रा बढाएर राम्रो आम्दानी लिन सकिने नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीको भनाइ छ । अहिले कुचोका बजारमा माग बढ्दै गएको छ, बिक्री नहुने समस्या कतै पनि छैन् । स्वदेशका सहरहरुमा पनि कुचोको माग रहेको छ भने विदेशमा भारत तथा बंगलादेशमा समेत कुचो निकासी हुने गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।

खालि रहेका स्थानमा यसको व्यवसायीक खेति भइरहेको र यसलाई अझ विस्तार गरेर आर्थिक उपार्जन गर्न सकिने जिल्ला विकास समिति इलामका पूर्व सभापति हरिखनालको भनाइ छ । नेपाल आत्म निर्भर भएर विदेश निकासी गर्न पुग्ने कुचो उत्पादन हुने अम्लिसोलाई अन्य क्षेत्रमा समय प्रयोग गरेर बढीभन्दा बढी लाभ लिन सक्नु पर्ने उनले बताए । यसका लाग राज्यले पनि ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।

कुचो साझा बस्तु हो, यो धनीदेखि गरिबसम्मले प्रयोग गर्दछ, अनि कुचो बनाउने अम्लिसोको घाँस निकै पोसिलो हुने भएकाले यसबाट दुध उत्पादनमा समेत वृद्धि हुने भएकाले यसको व्यवसायी खेति गर्नु पर्ने नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए । नेपाल दुधमा आत्मनिर्भर हुने तर्फ अग्रसर रहेको भन्दै पशुपालन गर्नेहरुले अम्लिसो खेति गरेको खण्डमा थप आम्दानी हुने उनको भनाइ छ । ‘एकातर्फ गाईको दुध बढ्छ, अनि कुचोको पनी माग राम्रो छ, यसबाट पनि आम्दानी भयो,’ उनेले भने ।

यतिमात्रै नभएर कुचो विदेश निकासी गरेर विदेशी मुद्रा आर्जन गर्नका लागि पनि यसले सहयोग पर्‍याएको छ । विदेशी मुद्राको आर्जनमा समेत टेवा पुर्‍याउँदै आएको व्यवसायका विषयमा कसैको पनि ध्यान जान नसक्नु दुखत भएको एसोसिएसनका अध्यक्ष कार्कीको भनाई छ । आर्थिक वर्ष २०७७/०७८ मा ६५ करोड ८८ लाख १३ हजार रुपैयाँको कुचो निकासी भएको तथ्यांक रहेको छ । कोभिडका कारणले निर्यातमा केही समस्या भएकाले रकम घटेको अध्यक्ष कार्कीको भनाइ छ । वार्षिक रुपमा करिब १ अर्बका कुचो निकासी गर्ने गरेको उनले बताए ।

यसका साथै हरियाली नहुने समयमा पनि हरियाली बनाउने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनका लागि पनि यो वनस्पतिले सहयोग गर्ने सरोकारवालको दाबी छ । अम्लिसोको कुचोको नै माग बढी भएकाले यसको व्यवासयमा नै बढी ध्यान दिन जरुरी रहेको छ । कुचो संघले अम्लिसो खेति गरिदिन आग्रह गर्दै आएको अध्यक्ष कार्कीले बताए ।

सरकारले विभिन्न सहुलियत दिएर यो व्यवसायलाई प्रात्साहान गर्नु पर्ने सरोकारवालको भनाइ छ । अहिले बंगलादेश निकासी गर्दा ५१ प्रतिशतसम्म कर लाग्ने गरेको भन्दै यसमा पनि सरकारले पहल गर्नु पर्ने व्यवसायीको भनाइ छ । साथै कच्चा पदार्थभन्दा पनि स्वदेशमै पक्का वस्तु बनाएर पठाउन सके अझ बढी नाफा आर्जन गर्न सकिने भएले विभिन्न तालिमको पनि आवश्यकाता रहेको व्यवसायीहरुको भनाइ छ ।

कहीले थुत्ने फूल

अम्लिसोको फूलबाट कुचो निर्माण गरिन्छ । यसको हल्का हरियो भन्दा खैरो बैंजनी रंगको फूल फुल्ने अम्लिसोको भाउ बढी हुन्छ । अम्लिसोको फूल सामान्य तथा पुस माग महिनामा थुत्ने गरिन्छ ।
यसको फूल असार साउनमा फूल्छ भने पुस माघमा संकलन गर्न सकिन्छ । यो समय फूल निकाल्ने सबैभन्दा उपयुक्त समय मानिन्छ ।

एउटा कुचो बनाउनका लागि फूलको आकार र बुन्ने तरिका हेरेर ३०० देखि ५०० ग्रामसम्मको अम्लिसोको फूल प्रयोग हुन्छ । यसरी निर्माण गरिएका कुचोहरु बढी भारतमा खपत हुने गरेका छन् भने पछिल्लो समय अमेरिका तथा क्यानडामा पनि निर्यात हुने गरेको छ ।