Dhulikhel Eco Banner new

श्वेतगंगा हाइड्रो पावरको पहिलो कारोबार आजबाट

4.93K
shares

काठमाडौं, १ भदौ । श्वेतगंगा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर आजबाट कारोबार हुने भएको छ । कम्पनीको १ करोड ५९ लाख ३० हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएसँगै बुधबार पहिलो कारोबार हुने भएको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई निष्काशन गरेको १५ लाख ९३ हजार कित्ता, सर्वसाधारणका लागि निष्काशन गरेको ३१ लाख ८६ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ११ लाख ५१ हजार कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ८९ रुपैयाँ ८८ पैसादेखि २६९ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।