Dhulikhel Eco Banner new

अपर सोलुको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

4.89K
shares

काठमाडौं, १ भदौ । अपर सोलु हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ३५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएसँगै बुधबारबाट पहिलो कारोबार हुने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि निष्काशन गरेको १३ लाख ५० हजार कित्ता, सर्वसाधारणका लागि निष्काशन गरेको १९ लाख ५७ हजार ५०० तथा संस्थापकहरुको लगानी रहेको १ करोड १ लाख ९१ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । यो कम्पनीको ओपनिङ रेञ्ज नेप्सेले १०८ रुपैयाँ २१ पैसा देखि ३२४ रुपैयाँ ६३ पैसा कायम गरेको छ ।