Dhulikhel Eco Banner new

हिम पर्वत हाइड्रोपावरको साधारणसभा भदौ २२ गते, के के छन् प्रस्ताव ?

4.25K
shares

काठमाडौं, १ भदौ । हिम पर्वत हाइड्रोपावर लिमिटेडले भदौ २२ गते साधारणसभा गर्ने भएको छ । संचालक समितिको साउन ३१ गते बसेको बैठकले उक्त सभा गर्ने निणर्य गरेको हो ।

साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहानको ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले सभामा २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७९/८० लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने साथै कम्पनीलाई आवश्यक पर्ने बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने प्रस्तावहरु राखेको छ ।

कम्पनीले विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने र प्रबन्धपत्र नियमावली संम्सोभन गर्ने सम्बन्धमा छलफल गर्ने छ ।