शेयर बजारमा गिरावट, १ अर्बको मात्रै कारोबार
वि.सं.२०७९ भदौ १ बुधवार १५:१८
shares

काठमाडौं, १ भदौ । साताको चौथो कारोबारको दिन नेप्से परिसुचक शुन्य दशमलव ३६ अंकले घटेको छ । हिजो २४ अंकले घटेको नेप्से आज भने थोरै अंकले घटेको हो । बुधबार नेप्से परिसुचक शुन्य दशमलव २ प्रतिशतले घटेर २०४० दशमलव ७० बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स भने आज शुन्य दशमलव २८ हंकले बढेको छ । आज दिनभर भएका २६ हजार १ सय ९९ कारोबारबाट २२० कम्पनीका ३४ लाख ९७ हजार ८ सय ८१ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २ सय ५६ पुगेको छ । सामान्य अंकले मात्रै ओरालो लागेको शेयर बजारमा भने कारोबार चाँहि खुम्चिएको छ ।















