Dhulikhel Eco Banner new

ङादी ग्रुप हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

4.49K
shares

काठमाडौं, ७ भदौ । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (भदौ ७ गते) अन्तिम दिन हो ।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद जारी गरेको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले असार २० गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकका विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन् ।

हाल ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पुँजी हकप्रद निष्काशनपछि १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।