तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकले ल्यायो विशेष छुटको योजना
वि.सं.२०७९ भदौ ७ मंगलवार १६:१२
shares

काठमाडौं, ७ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज २०७९, भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्र्तगत बैंकले भाद्र महिना भरि लकर शूल्कमा ७०५ र लकर कि डिपोजिट मा ५०५ सम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधा ग्राहकहरुले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सक्नेछन् ।
यस सुविधा बापत ग्राहकहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु सजस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन् ।
यसका साथै ग्राहाक महानुभावहरुको सहजताका लागी बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु धेरै पहिले देखिनै प्रदान गर्दे आईरहेको छ ।

















