Dhulikhel Eco Banner new

सप्तरीमा प्रहरी र तस्कर बीच मुडभेड, अवस्था नियन्त्रणमा लिन ३ राउण्ड हवाइ फायर

4.73K
shares

काठमाडौं, ७ भदौ । तस्करी गरेर ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा सप्तरी प्रहरी र तस्कर समूह बीच झडप भएको छ । तस्करीको सामान नियन्त्रणमा लिने क्रममा अवरोध भए पछि भिड नियन्त्रण लिनका लागि हवाई फायर गर्नु परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । सामान नियन्त्रणमा लिने क्रममा प्रहरी विरुद्धनै तस्कर समूहले आक्रमण गरेका कारण अवस्था नियन्त्रणमा लिनका लागि हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । तस्करहरुले गरेको ढुंगा प्रहारबाट तीन जना प्रहरी पनि घाइते भएको जनाइएको छ ।