Dhulikhel Eco Banner new

नेशनल हाइड्रोपावरको साधारणसभा भोली, हकप्रद शेयरको प्रस्ताव पारित गर्ने

5.68K
shares

काठमाडौं, ९ भदौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारणसभा भोलि अर्थात शुक्रवार हुने भएको छ ।

काठमाडौं बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्यांक्वेटमा बिहान ११ बजे साधारणसभा शुरू हुने जानकारी दिइएको हो ।

सभामा बोनस शेयर वितरण र सुनकोशी हाइड्रोपावर कम्पनी प्राप्तिपश्चात् कायम हुने आउने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव ल्याइनेछ ।

विशेष साधारणसभा प्रयोजनको लागि कम्पनीले भदौ २ गते बुक क्लोज गरेको छ । यस आधारमा भदौ १ गतेसम्म कायम शेयरधनीले विशेष साधारणसभामा भाग लिन सक्नेछन् ।