राधी विद्युतको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
वि.सं.२०७९ भदौ १० शुक्रवार ११:५७
shares

काठमाडौं, १० भदौ । राधी विद्युत कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि भदौ १२ गते बुक क्लोज गरेकाले आज अर्थात शुक्रवार सम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात १ः१.४७५२ अनुपातमा १ सय अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख रहेको छ । यो हकप्रद शेयर निष्कासन पछि पूँजी १ अर्ब ५९ करोड पुग्नेछ ।















