Dhulikhel Eco Banner new

छुरा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

6.29K
shares

काठमाडौं, ११ भदौ । झापामा एक व्यक्तिले धारिलो छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सामान्य घर झगडामा झापाको झापा गाउँपालिका–६ का अन्जादी ४६ वर्षीय नाइके हस्दाले श्रीमती अन्दाजी ४० वर्षीय तालमई हस्दामाथि छुरा प्रहार गरेर हत्या गरेका हुन् ।

छुरा प्रहारबाट श्रीमती हस्दाको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्याल झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । श्रीमतीलाई छुरा प्रहार गरी फरार भएका नाइकेलाई झापाकै कचन कबल गाउँपालिका वडा नम्बर १ नेपाल-भारत सिमाबाट पक्राउ गरिएको उनले बताए ।

स्थानीयहरुले दिएको जानकारी अनुसार श्रीमान–श्रीमती दिनहु जसो झगडा गर्थे । मादक पदार्थ सेवन गरेर घर आएका श्रीमान र श्रीमतीबीच शुत्रबार साँझ पनि झगडा भएको थियो । शबलाई पोष्टमाटमका लागि अस्पताल पठाइएको र यस विषयमा थप अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए ।