Dhulikhel Eco Banner new

थप २०२ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

5.37K
shares

काठमाडौं, १२ भदौ । कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा नेपालमा एक जनाको मृत्यु भएको छ । २४ घण्टामा २०२ जना नयाँ संक्रमित थपिएको र एक जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको परीक्षण कोरोना परीक्षण गर्दा २०२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ जना र १ हजार ७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ पुगेको छ । जसमध्ये ३ हजार १५१ जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।

पछिल्लो २४ घण्टामा ४६२ जना संक्रमणमुक्त भएका छन् । यस्तै १ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार २०४ पुगेको छ । आइतबार एक जनाको मृत्यु भएसँग नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ ।