Dhulikhel Eco Banner new

माछा बिक्रीबाट मनग्ये आम्दानी

8.27K
shares

काठमाडौं, १३ भदौं । बेलौरी नगरपालिका–३ बन्धातालका सोवरन रानाले वार्षिकरुपमा रु तीन करोड लाख ७५ लाख बढीका माछा बिक्री गर्दै आएका छन् । माछापालनका लागि उनले १५ पोखरी निर्माण गरेका छन् ।

ती पोखरीमध्ये उनले १० वटामा माछा र पाँच पोखरीमा भुरा उत्पादन गर्दै आएका छन् । “माछा बिक्री गरेर मात्रै रु एक करोड ५० लाख रकम आउछ”, उनले भने, “माछाको भुरा रु १० लाखको वर्षमा बिक्री हुन्छ ।” माछा र भुरा बिक्री गरेर आएको रकममध्ये रु एक करोडको हाराहारीमा आम्दानी हुने गरेको छ । धेरै रकम माछाको चारो, जग्गाको भाडा, पोखरी व्यवस्थापन र कामदारको ज्यालामा खर्च हुने गरेको छ ।

उनको पोखरीमा रोहु, नैनी, भाकुर, कमन कार्प, ग्रास कार्प, विगेट कार्प, पङ्गासिस र रुपचन्दलगायतका माछा पालिएका छन । पोखरीमा वर्षमा एक हजार पाँच सय क्वीन्टल माछा उत्पादन हुने गरेको छ । प्रति क्विन्टल माछा रु २५ हजार देखि रु ३० हजारसम्ममा बिक्री हुने गरेको छ ।

माछापालन गरिएको १५ बिघा जग्गामध्ये आठ बिघा जग्गा रु दुई लाख ५० हजारका दरले वर्षको भाडा तिर्ने गरी लिजमा लिईएको छ । पोखरीमा उत्पादीत माछा स्थानिय बजारसँगै धनगढी र महेन्द्रनगरसम्म बिक्री हुने गरेको छ । सिजनमा तीस क्विन्टल बढी माछा भारतमा समेत बिक्री हुने गरेको छ ।

माछापालनकै लागि किसान रानाले बैंकबाट रु एक करोड ९० लाख कर्जा लिएका छन् । तीमध्ये पोखरी निर्माण र अन्य भौतिक संरचना निर्माणमा रु एक करोड ५० लाख रकम उनले खर्च गरेका छन् । अढाइ दशकदेखि माछापालन व्यवसायमा संलग्न रहँदै आएका उनले बाह्रै महिना घरमै बसीबसी आम्दानी गर्नसक्ने व्यवसाय भएकाले यसलाई निरन्तरता दिँदै आएको बताँउछन् ।

“