Dhulikhel Eco Banner new

महालक्ष्मीले ल्यायो लगानी फिर्ता बीमा योजना, जति लगानी त्यति नै फिर्ता

6.02K
shares

काठमाडौं, १३ भदौ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले फिर्ता म्यादी बीमा योजना सार्वजनिक गरेको छ । जति लगानी त्यति नै फिर्ता, सित्तैमा सुरक्षा नाराका साथ इन्स्योरेन्सले महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा योजना ल्याएको हो ।

यो योजनामा बीमालेख चालु रही बीमालेखको अवधि भित्र बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी गरिने छ । बीमा अवधि समाप्तिसम्म बीमित जीवितै रहेमा बीमालेख अन्तर्गत भुक्तानी भएको आधारभूत बीमाशुल्क बीमितलाई फिर्ता गरिने छ ।

यो योजना अन्तर्गत १८ वर्ष देखि ६५ वर्ष सम्मका व्यक्तिको ५ देखि ३० वर्ष अवधिको बीमा गर्न सकिने कम्पनीले जनाएको छ । १ लाख देखि आय स्रोतको आधारमा बीमा गर्न सकिने छ भने १ करोडसम्मको दुर्घटना र स्थायी पूर्ण अपाङ्ग र अशक्तता लाभ लिन सक्नेछन् । यस विषयमा विस्तृत जानकारी लिनका लागि कम्पनीको वेवसाइट तथा एप्स मार्फत हेर्न सकिने छ ।