कर्णालीमा दुई मन्त्री फेरिए, उर्जा मन्त्रीमा रातो कामी र अर्थमन्त्रीमा शाह
वि.सं.२०७९ भदौ १३ सोमवार १४:५३
shares

काठमाडों, १३ भदौ । कर्णाली प्रदेश सरकारका दुई जना मन्त्री परिवर्तन भएका छन् । मोओवादीबाट मन्त्री बनेका विन्दमान विष्ट गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा आर्थिक मामिला मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामी नियुक्त भएका हुन् ।
विष्ट आर्थिक मामिला मन्त्री र सिंह जलस्रोत तथा उर्जा विकास मन्त्रीका रुपमा रहेका थिए । नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुख तिलक परियारले नव नियुक्त मन्त्री शाह र कामीलाई सोमबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
अर्थमन्त्रीमा नियूक्त शाह जाजरकोटबाट सामानुपतिक सांसद हुन् भने कामी रुकुम पश्चिमबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।



















