Dhulikhel Eco Banner new

काेराेना बीमाकाे भुक्तानी गर्न एक अर्ब रुपैयाँ निकासा हुँदै

6.05K
shares

काठमाडौं, १४ भदौ । सरकारले कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा गर्ने भएको छ । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले अर्थमन्त्रालयबाट कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा हुने जनाकारी गराएका हुन् ।

सोमबार बीमा समितिले आयोजना गरेको पत्रकार सम्मेलन समितिका अध्यक्ष सिलवालले अर्थमन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा गर्ने अश्वासन दिएको बताएका हुन् । ‘अर्थमन्त्रीले सचिवलाई बोलाएर एक अर्ब रुपैयाँ एक साता भित्रै पठाउन निर्देशन दिनु भएको छ । अर्थ सचिवले पनि मन्त्रीको निर्देशन अनुसार एक अर्ब रुपैयाँ एक साता भित्र पठाउने भनेका छन् ।’ उनले भने ।

अर्थमन्त्रालयबाट रकम निकासा भएपछि बीमितले क्रमबद्द रूपमा दाबी रकम पाउने अध्यक्ष सिलवालको भनाइ छ । बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १४ अर्ब ९३ करोड ६६ लाख ८९२ रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ । त्यस मध्ये ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।