सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा
वि.सं.२०७९ भदौ १४ मंगलवार ०९:५५
shares

काठमाडौं, १४ भदौ । सन्राइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको हो । यो योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने रकम १० करोड ३२ लाख प्रतिफल विवरण गर्ने घोषणा गरेको हो ।
बैंक तथा क्यापिटलले एक विज्ञप्ती जारी गरेर सो बराबरको प्रतिफल घोषणा गरेका हुन् । यसका साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।



















