सिद्धार्थ बैंकका सम्पूर्ण सेवाहरु तीन दिनका लागि बन्द
वि.सं.२०७९ भदौ १६ बिहीवार १०:२७
shares

काठमाडौं, १६ भदौ । सिद्धार्थ बैंकले तीन दिनका लागि आफ्ना सम्पूर्ण सेवा सुविधाहरु बन्द गर्ने भएको छ ।
नयाँ फिनाकल प्राथमिक बैंकिङ सफ्टवेयर प्रयोगमा ल्याउनको लागि जडान कार्य गर्नुपर्ने भएको हुँदा शुक्रबार साँझ देखि आइतबार दिनभर सम्म बैंकिङ सेवा बन्द हुने भएको छ ।
उक्त कुरा बैंकले सार्वजनिक सुचना प्रकाशन गरेर जानकारी गराएको हो ।
पुरानो सफ्टवेयरबाट नयाँ सफ्टवेयरमा तथ्याङ्क तथा विवरणहरु स्थानान्तरण गर्नुपर्ने भएकाले करिब तीन दिनको समय लाग्ने छ ।
नयाँ सफ्टवेयरले ग्राहकलाई अझै परिष्कृत सेवा प्रदान गर्न सहयोग पुग्ने बैंक व्यवस्थापनको विश्वास छ ।



















