Dhulikhel Eco Banner new

डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

5.27K
shares

काठमाडौं, १७ भदौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन नगरेको निगमले भारतबाट बढेर आउनासाथ मूल्य बढाएको हो ।

नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पुगेको छ । पेट्रोल, हवाई सन्धन र एलपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।