शेयर बजारमा झिनो सुधार, १ अर्बको कारोबार
वि.सं.२०७९ भदौ १९ आइतवार १५:१८
shares

काठमाडौं, १९ भदौ । साताको पहिलो दिन नेप्से परिसुचक ६ दशमलव ६८ अंकले बढेको छ । अघिल्लो साता ओरालो लागेको शेयर बजार यो साताको पहिलो दिन भने झिनो सुधार देखिएको छ ।
आइतबार नेप्से परिसुचक शुन्य दशमलव ३४ प्रतिशतले बढेर १९७७ दशमलव ३० बिन्दुमा पुगेको छ ।नेप्से परिसुचकुँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शुन्य दशमलव ५७ अंकले उकालो लागेको छ ।
आज दिनभर भएका २५ हजार ३७ कारोबार बाट २२७ कम्पनीका २८ लाख ७६ हजार २ सय ८८ कित्ता शेयर किनबेच भएका छन् । आज भएको सम्पूर्या कारोबार रकम १ अर्ब ७ करोड १६ लाख १५ हजार ९ सय २२ पुगेको छ ।















