Dhulikhel Eco Banner new

यी कम्पनीले गरे आज सर्वाधिक कारोबार

6.44K
shares

काठमाडौं, १९ भदौ । आज नेप्से परिसूचक ६ दशमलव ६८ अंकले बढेर १,९७७ दशमलव ३० को विन्दुमा कायम भएको छ ।

१ अर्ब ७ करोड १६ लाख १५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ ।

कम्पनीको ८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको ६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।