मनोरन्जन कर तिर्न सात क्यासिनोलाई महानगरको निर्देशन, अटेर गरे कारबाही
वि.सं.२०७९ भदौ १९ आइतवार १७:२०
shares

काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाले ७ वटा क्यासिनोलाई मनोरन्जन कर तिर्नका लागि ताकेता गरेको छ । महानगरपालिकाले आइतबार एक पत्र पठाउँदै क्यासिनोलाई ७ दिनभित्र मनोरन्जन कर तिर्न आउन आग्रह गरेको छ ।
महानगरपालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, हाटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न पत्रकाटेको हो ।
बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक–पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरुको ४ वर्ष देखि नतिरेको भन्दै महानगरको रनाजश्व विभागले पत्रचार गरेको हो ।
महानगरले तोकेको समयमा कर र जरिवाना नतिरेको खण्डमा महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरिने चेतावती समेत दिइएको छ । कम्यासिनोहरुले प्रतिव्यक्ति प्रवेश बापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ पर्ने कानुनी व्यवस्था रहेको छ ।




















