Dhulikhel Eco Banner new

दैलेख क्षेत्र नम्बर २ बाट नेकपा एमाले सिफारिस गर्‍यो संघीय उम्मेदवार

7.31K
shares

काठमाडौं, १९ भदौ । नेकपा एमालेले दैलेखको संघीय निर्वाचना क्षेत्र नम्बर २ बाट पाँच जना नेताको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । एमालेले सर्वसम्मत रुपमा पाँच जनाको नाम सिफरिस गरेको हो ।

सिफारिस हुनेमध्ये लक्ष्मी पोखरेल, विष्णु रिजाल, विनोद शाह, राजबहादुर शाही र राज बहादुर बुढा रहेका छन् । । सिफारिस भएका पोखरेल एमाले पोटिल ब्युरो सदस्य तथा दैलेख जिल्ला इन्चार्ज हुन् । रिजाल एमाले प्रचार विभागका उप प्रमुख हुन् । उनी दैलेख जिल्ला सह इन्चार्ज समेत हुन् ।

त्यस्तै शाह कर्णाली प्रदेश अध्यक्ष हुन भने शाही कर्णाली प्रदेशको सभामुखको जिम्मेवारीमा रहेका छन् । बुढा भने अहिले पनि एमालेको सांसदका रुपमा रहेका छन् ।