Dhulikhel Eco Banner new

वैदेशिक रोजगारीमा पठाउदा ठग्नेलाई कारबाही हुन्छ : मन्त्री कुँवर

16.42K
shares

काठमाडौं, १९ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने ठगीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार मन्त्रालयका कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले सरकारले शून्य लागतमा पठाउने भनिएका देशहरुमा समेत एजेन्ट मार्फत श्रमिकहरु ठगीएको गुनासो आएको भन्दै तत्काल नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

शून्य लागतमा वैदेशिक रोजगारीमा जानसक्ने सम्झौता भएका देशहरुमा समेत एजेन्टहरुले साढे ३ लाखसम्म लिएको गुनासो आएकाले मन्त्रालयले त्यसको अनुगन गरेर कारबाही गर्ने उनले बताए । मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोहरुलाई मन्त्रालयले सहजीकरण गर्ने बताए ।

वैदेशिक रोजगारी पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यरो लागेको भन्दै मन्त्री कुँवरले ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्नसमेत समस्या भएको उनको भनाइ थियो । मन्त्रालयमा जानकारी दिएको खण्डमा कारबाही गर्नका लागि कुनै पनि कसर बाँकी नराख्ने मन्त्री कुँवरले बताए ।

प्रमाण नभएका कारण कारबाही गर्नमा समस्या भएको भन्दै प्रमाण सहित सम्पर्क गर्नका लागि समेत सेवाग्राहीलाई आग्रह गरे । मन्त्री कुँवरले कल सेन्टरमार्फत श्रमिकका गुनासाहरु तत्काल र केही समय लगाएर भए पनि समाधान गर्न मन्त्रालय तयार रहेको बताए ।