स्वस्तिक आयलको आम्दानी ११ अर्ब बढी
वि.सं.२०७९ भदौ २२ बुधवार १०:४९
shares

काठमाडौं, २२ भदौ । स्वस्तिक आयल इण्डिट्रिजले १० महिनाको अवधिमा ११ अर्बभन्दा बढीको सञ्चालक आम्दानी भएको हो । स्वस्तिकको गत बैंशाख सम्ममा ११ अर्ब ७७ करोड ४० लाख सञ्चालन आम्दानी गरेको हो ।
केएल दुगडद्धारा उत्पादीत स्वस्तिक आयलले विभिन्न प्रकारका खाने तेल स्वदेश तथा विदेशमा बिक्री गरी उक्त रकम आम्दानी गरेको हो । दुगडद्धारा सञ्चालित स्वस्तिक आयलले स्वस्तिक, धारा, सनफ्लो, संगम र विगुल नामका खाने तेलको उत्पादन तथा बिक्री गर्दै आएका छ ।
कम्पनीले भारतीय बजारमा मोहन धारा र नोरिस नामका खाने तेल निर्यात गर्दै आएको छ । कम्पनीको कुल आम्दानीमा निर्यातको हिस्सा ४२ प्रतिशत रहेको छ । कम्पनीले २०७९ बैंशाखसम्ममा मात्र ४ अर्ब ९७ करोड ७० लाख रुपैयाँ बरावरको खाने तेल निर्यात गरेको हो । कम्पनीको कुल सञ्चालन आम्दानीको ८० देखि ८५ प्रतिशतसम्म कच्चा पदार्थ खरिदका लागि खर्च हुने कम्पनीले जनाएको छ । कम्पनीले कच्चा पदार्थ वभिन्न देशबाट आयात गर्ने भएकाले विनिमयदरमा आउने उतारचढावले नाफामा असर गर्ने सम्भावना रहेको छ ।
त्यो सँगै नेपाल र भारत दुबै देशको आयात निर्यात नीतिका कारण पनि ब्यावसाय प्रभावित हुन सकने जोखिम रहेको छ । कम्पनीले एक वर्षमा स्वयाविन, पबल्मोलियन, साफ्लो र भेजिटेवल घ्यू गरेर कुल एक लाख ३५ हजार मेट्रिक टन उत्पादन गर्छ । त्यसैगरी कम्पनीले बार्षिक १० हजार मेट्रिक टन तोरीको तेल उत्पादन गर्दै आएको छ ।
केएल दुगडले सञ्चालन गरेको सौरभ आयल एण्ड एग्रोको सन् २०२१ मा एक अर्ब ९३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ भने विकास फुड प्रडक्टले २ अर्ब २० करोड रुपैयाँ आमदानी गरेको छ । विकास फुड प्रडक्टले वार्षिक रुपमा आटा मात्र ३ हजार मेट्रिक टन उत्पादन गर्छ ।















