नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा
वि.सं.२०७९ भदौ २४ शुक्रवार ०९:५०
shares

काठमाडौं, २४ भदौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शुक्रबार (आज) देखि संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको छ ।
कम्पनीले ६२ हजार ५०० कित्ता संस्थापक शेयर वित्तीय संस्थाहरुका लागि लिलामीमा बिक्री खुला गरेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले असोज २७ गतेसम्म एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त शेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ ।
आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
बोलपत्र असोज २८ गते शुक्रबार बिहान १० बजे एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा खोलिने छ ।















