Dhulikhel Eco Banner new

बेलायतकी महारानी एलिजावेथको मृत्यु

5.28K
shares

काठमाडौं, २४ भदौ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएको छ । स्कटल्यान्डस्थित निवासमा उनको मृत्यु भएको हो । महारानीको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचारहरु आइरहेकै समयमा ९६ वर्षको उमेरमा बिहीवार मध्याहन्न उनको मृत्यु भएको हो ।

उनले सन् १९५२ यता गद्दी सम्हाल्दै आएकी थिइन् । उनको शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्री भएका थिए । महारानीको जन्म सन् १९२६ को २१ अप्रिलमा लण्डनको मेफएरमा एलिजाबेथ एलेक्जान्ड्रा मेरी विन्डसरका रूपमा भएको थियो ।

महारानीको अन्त्येष्टि दुई साताभित्र हुन सक्ने सञ्चार माध्यमहरुले बताएका छन् । तर यसको औपचारिक जानकारी बकिंघम प्यालेसले दिने छ । अन्त्येष्टिअघि उनको कफिनलाई उनको मृत्युको पाँच दिनपछि लन्डनबाट बकिंघम प्यालेससम्म औपचारिक मार्गबाट वेस्टमिन्स्टरको दरबारमा लगेर तीन दिनसम्म राखिने छ ।

यस अवधिमा सर्वसाधारणहरूलाई उनको अन्तिम दर्शनको अवसर दिइनेछ । महारानीको अन्त्येष्टि विन्डसर क्यासलको राजा जर्ज छैठौं मेमोरियल चैपलमा गरिने छ ।महारानीको मृत्युसँगै उनका छोरा चाल्र्सलाई नयाँ राजा घोषणा गरिएको छ ।

यसको साथै उनी १४ ओटा राष्ट्रमण्डल देशहरुको राष्ट्र प्रमुख पनि बनेका छन् । उनी राजा चाँहि औपचारिक राज्याभिषेक पछि मात्रै हुनेछ । उनी अब राजा चाल्र्स तृतीयको रूपमा चिनिने छन् । उनकी श्रीमती क्याथरीन डचेस अफ कर्नवाल भनेर चिनिनेछिन् । एजेन्सी