सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन
वि.सं.२०७९ भदौ २९ बुधवार १०:४०
4K
shares
shares

काठमाडौं, २९ भदौ । सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले फण्डको १२ प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजनपश्चात फण्डको इकाईमूल्य १० दशमलव ३० कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको मूल्य समायोजन गरेको हो ।















