Dhulikhel Eco Banner new

शेयर बजारमा हरियाली, २ हजार नजिक परिसुचक

5.46K
shares

काठमाडौं, २९ भदौ । साताको चौथो कारोबरको दिन नेप्से परिसुचक ४७ दशमलव ४४ अंकले बढेको छ । हिजो २१ अंकले बढेको नेप्से परिसुचक आज भने ५० अंकको हाराहारीमा पुगेको छ ।

बुधबार नेप्से परिसुचक २ दशमलव ४५ प्रतिशतले बढेर १९८१ दशमलव ४८ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव १९ अंकले वृद्धि भएको छ ।

आज दिनभर भएका ३१ हजार २३ कारोबारबाट २२७ कम्पनीका ४६ लाख १८ हजार ५ सय १६ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६ सय ५० पुगेको छ ।