Dhulikhel Eco Banner new

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

4.15K
shares

काठमाडौं, ३० भदौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज अर्थात बिहीवारदेखि संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको छ । कम्पनीले १७ हजार ९४३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि लिलामीमा बिक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले शेयरधनीहरुले असोज ५ गतेसम्म एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।