Dhulikhel Eco Banner new

एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

6.44K
shares

काठमाडौं, ४ असोज । एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ४७१ रुपैयाँ ६२ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

इन्स्योरेन्सको १४ औँ वार्षिक साधारण सभा असाज १४ गते हुदैछ । सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित नाफाबाट इन्स्योरेन्सको चुक्ता पुँजीको १४.५० प्रतिशत बोनस शेयर, कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१ः४९ कायम गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।