Dhulikhel Eco Banner new

कुवेत सिटी टावरमा नेपाली झण्डा

5.34K
shares

काठमाडौं, ४ असोज । कुवेतमा रहेको कुवेत सिटी टावरमा नेपाली झण्डा पहराइएको छ । कुवेतमा रहेको नेपाली दुतावासका अनुसार नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसर तथा नेपालको संविधान दिवसको अवसरमा नेपाली झण्डा टावरमा फहराइएको हो ।

कुवेत टावरमा पहिलो पटक नेपालको राष्ट्रिय झण्डा विद्युतीय माध्यममार्फत फहराएको हो । कुवेत टावरमा विद्युतीय माध्यममार्फत कुवेत र नेपालको राष्ट्रिय झण्डा सँगै प्रस्तुत गरिएको थियो । त्यहाँ रहेको नेपाली दूतावासको पहलमा कुवेतको परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा नेपाली राष्ट्रिय झण्डा पहिलो पटक कुवेत टावरमा प्रस्तुत गर्न सफल भएको दूतावासले जनाएको छ ।