Dhulikhel Eco Banner new

बाह्य विज्ञापनमा महागरपालिकाको प्रतिबन्ध

5.21K
shares

काठमाडौं, ६ असाज । काठमाडौं महागरपालिकाले सहरमा बाह्य विज्ञापन राख्न निषेध गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरेको हो ।

महानगरपालिकाले अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड र डिजिटल बोर्ड तथा अन्य माध्यमसमेतबाट बाह्य विज्ञापन गरिरहेको भन्दै यस्तो कार्य नगर्नका लागि भनेको छ ।

यस्ता विज्ञापन हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह समेत गरेको छ । उच्च अदालत पाटनले गत भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ ।