Dhulikhel Eco Banner new

सिद्धार्थ क्यापिटलले बोलायो असोज २८ गते साधारणसभा

4.76K
shares

काठमाडौं, ६ असोज । सिद्धार्थ क्यापिटलको एघारौं बार्षिक साधारणसभा असोज २८ गते बस्ने भएको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।

सभा सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे बस्नेछ ।

उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता २५ प्रतिशत अर्थात ५ करोड कर सहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब गरी सोही अवधिको नगद प्रवाहको विवरण प्रस्तुत गर्ने, आ.व २०७९/०८० को लागि लेखापरिक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने तथा अन्य छलफलहरु कम्पनीले गर्नेछ ।