Dhulikhel Eco Banner new

यो बैंकको ब्याजदर बढाउने समय होइन : वरिष्ठ उपाध्यक्ष ढकाल

6.15K
shares

काठमाडौं, ६ असोज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुको ब्याज बढाउने निर्णय अस्वभाविक भएको बताएका छन् । बुधवार नेपाल–इण्डोनेशिया एक्स्पो जानकारी कार्यक्रमपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले वाणिज्य बैंकले ब्याज बढाउँदैमा निक्षेप बढ्ने सम्भावना नरहेको भन्दै ब्याजदर बढाउनु स्वभाविक नरहेको बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ पछि तरलता अभावको कारण व्यवसायिक गतिविधि बढाउन र उद्योगको क्षमता बिस्तार गर्न सहयोग गर्नुमा बैंकहरुले उद्योगको लागत बढाउने गरी ब्याजदर बृद्धि गर्नु उपयुक्त नभएको बताए ।

बैंक तथा वित्तीय संस्थाले असोज १ गतेदेखि निक्षेपमा ब्याज बढाएका छन् । केही बैंकहरुले रेमिट्यान्स निक्षेपमा १५ प्रतिशतभन्दा बढी ब्याज दिन थालेका छन् । यस्तै, बैंक तथा वित्तीय संस्थाले दैनिक ब्याज दिने, हरेक दिन ब्याज सावाँमा गणना गर्ने जस्ता कयौं स्किमहरु ल्याएका छन् । जसले गर्दा आगामी दिनमा बैंकहरुले आधारदर बढ्ने र कर्जाको ब्याजदर झनै महँगो व्यवसायीहरुको भनाइ छ ।