Dhulikhel Eco Banner new

कुमारी बैंकको ऋणपत्र बाँडफाँट

3.95K
shares

काठमाडौं, ९ असोज । कुमारी बैंक लिमिटेडको ११ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले सर्वसाधारणमा भदौ १७ गतेदेखि ३१ गतेसम्म प्रतिकित्ता १ हजार दरको ३० लाख कित्ता ऋणपत्र विक्री गरेको थियो ।

कुल कित्ता ऋणपत्रमध्ये बैंकले १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको हो भने १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी कित्ता सार्वजनिक निष्कासन मार्फत बिक्री गरेको थियो ।

तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई ३० लाख कित्ता ऋणपत्र असोज ७ गते बाँडफाँट गरिएको जानकारी बैंकले दिएको छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेडले पूरा गरेको छ ।