Dhulikhel Eco Banner new

चन्द्रागिरि नगरपालिकाको प्रवक्तामा खड्गी चयन

5.67K
shares

काठमाडौं, १३ असोज । नेपाली काँग्रेसका नेता तथा वडा अध्यक्ष कृष्णप्रसाद खड्गी चन्द्रागिरिको नगरपालिकाको प्रवक्तामा सर्वसहमत चयन भएका छन् ।

चन्द्रागिरि नगरपालिकाको कार्यपालिकावाट सर्वसम्मत रूपमा प्रवक्ताको जिम्मेवारी प्राप्त गरेका हुन् । नगर प्रमुख घनश्याम गिरीले प्रवक्ता खड्गी प्रवक्तामा सर्वसम्मत भएको बताए ।

प्रवक्ता खड्गी २०७४ मा चन्द्रागिरि वडा नम्बर ४ थानकोटवाट जननिर्वाचित जनप्रतिनिधि हुन् । उनले २०७९ बैखाख मा समेत जनप्रिय मत प्राप्त गरि विजयी भएका थिए ।

नगर प्रवक्ता खड्गीले नगरपालिकाको सुशासन र नगरको विकास निर्माण प्रमुख भुमिका निभाउन लाग्ने बताए ।

वडा अध्यक्ष समेत रहेका खड्गीले भने,“ समग्र चन्द्रागिरिको विकास रूपान्तरणमा सकृय जन सहभागीता,दक्ष र कृयाशिल युवा सहित हामीले चन्द्रागिरिलाई नेपालकै नमुना नगरपालिका वनाउन हामी लाग्छौ ।“

प्रवक्ता खड्गीले कृषि र रोजगारमुलक कार्यक्रम सञ्चालन गरि जनप्रिय भुमिकामा महत्त्वपूर्ण काम गर्दै आईहेका छन् ।